IME Life New

सम्पती शुद्धिकरणमा समन्वय गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सबै बीमा कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै सम्पती शुद्धिकरण निवारण सम्बन्ध निकायसँग समन्वय गरेर काम गर्न भनेको छ ।

समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले गत पुस २१ गते एक लिखित निर्देशन जारी गर्दै सम्पती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनिति तथा काययोजना (२०७६–२०८९) पारित गर्ने निर्दशन दिएको हो ।

Esewa
Crest

बीमा क्षेत्रको जोखिमका क्षेत्रहरु पहिचान गरी सोही आधारमा सुधारका कार्यहरुलाई थप तिव्रता दिई राष्ट्रिय रणनीतिको प्रभावकारी कार्यान्वयनको लागि विभिन्न नीतिगत, कानुनी एवं संस्थागत व्यवस्थाहरु लागू गर्न आवश्यक देखिएको समितिले जनाएको छ।

साथै कार्यान्वयन गरेको कार्ययोजना बमोजिम तोकिएको जिम्मेवार र सहयोगी निकायहरुबाट यस काययोजना बमोजिम गनुपर्ने कामहरु एकआपसमा समन्वय गरी निर्धारित अवधि भित्रै सम्पादन गरी आवधिक प्रतिवेदन समितिमा बुझाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS