IME Life New

समृद्धि क्यापिटल र प्रभु क्यापिटलले मर्जरको प्रस्ताव पारित गर्न बोलाए साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  समृद्धि क्यापिटल र प्रभु क्यापिटलले मर्जरमा जाने प्रस्ताव राखेर एकैदिन साधारण सभा बोलाएका छन् । दुवै कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेका हुन ।

समृद्धि क्यापिटलको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव राखेर साधारण सभाआह्वान गरेको छ । साधारण सभाले प्रभुसँग मर्जरमा जाने, चलअचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र शेयर आदनदान अनुपातलाई अनुमोदन गर्ने छ ।

प्रभु क्यापिटलको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको २.१८ प्रतिशत अर्थात ४५ लाख ८४ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव पनि पारित गर्नेछ । प्रभुको चुक्तापुँजी २१ करोड रुपैयाँ छ ।

Esewa
Crest

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको छ। प्रभु क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त कम्पनीको हो । त्यस्तै समृद्धि क्यापिटल लिमिटेड लगानी ब्यवस्थापकको मात्र अनुमतीपत्र प्राप्त संस्था हो ।

हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पुँजिसहित सवल संस्थामार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्यसहित मर्जरका लागि अगाडी बढाईएको र यसबाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

समृद्धि क्यापिटलका शेयरधनीले थप प्रिमियम पाउने 
स्रोतका अनुसार समृद्धि क्यापिटलका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस शेयर पश्चात कायम हुने शेयरमा थप २० प्रतिशत अर्थात् समृद्धिको १०० कित्ता शेयर हुनेले प्रभु क्यापिटलको १२० कित्ता शेयर पाउने भएका छन्।

चुक्ता पूँजी ८१ करोड माथि हुने
समृद्धि क्यापिटल र प्रभु क्यापिटल मर्जर पश्चात  बन्ने प्रभु क्यापिटलको चुक्ता पुँजि ८० करोड माथि हुने भएको छ। समृद्धि क्यापिटलको अहिलेको चुक्ता पुँजि २३ करोड १० लाखमा ६.५ प्रतिशत बोनस शेयर र थप २० प्रतिशत शेयर पछि चुक्ता पुँजि २९ करोड ५२ लाख हुनेछ। प्रभु क्यापिटलको अहिलेको चुक्ता पुँजि २१ करोडमा २.१८ प्रतिशत बोनस शेयर पश्चात चुक्ता पुँजि २१ करोड ४५ लाख हुनेछ भने दुवै संस्था मर्जर पश्चात चुक्ता पुँजि ५० करोड ९८ लाख हुनेछ।

प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी भएकोले मर्जर पश्चात पनि सहायक कम्पनी हुन कम्तिमा ५१ प्रतिशत शेयर हुनुपर्ने नियामानुसार प्रभु बैंकले थप ३० करोड कम्पनी लगानी गर्नुपर्ने  हुदा चुक्ता पूँजी ८१ करोड माथि पुग्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS