IME Life New

समग्र बीमा व्यवसाय ८%ले बढ्दा जीवन र निर्जीवन बीमकको प्रदर्शन कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म ८३ अर्ब ६६ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म बीमा कम्पनीहरुले ८३ अर्ब ६६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको मंसिरसम्म बीमा कम्पनीहरुले ७७ अर्ब ५० करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय ७.९४ प्रतिशतले बढेको छ।

Crest

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म ६६ अर्ब १४ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ७.१० प्रतिशतले मात्रै बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्ष मंसिरसम्म कम्पनीहरुले १४ अर्ब ६ करोड २० लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ५२ अर्ब ८ करोड ३२ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १० अर्ब ९८ करोड ४१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २९.०२ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क २.५८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ३८ हजार ८७७ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ६२ हजार ५५३ वटा थियो। बीमालेख संख्या ०.५५ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११.२२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५५ लाख १३ हजार ३४० वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ०.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५५ लाख ३६ हजार ८७२ वटा थियो।

चालु आर्थिक वर्षको मंसिरसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६० लाख १४ हजार १४७ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २३ लाख ११ हजार ३९० वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख ५८ हजार ९६४ वटा र वैदेशिक रोजगार बीमालेख संख्या १८ लाख ६६ हजार ७१७ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ५.४२ प्रतिशतले घटेको छ भने वैदेशिक रोजगार बीमालेख संख्या २३.८२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४३.०९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४३.०२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS