IME Life New

सबै भन्दा पहिला प्राथमिक शेयर निष्काशनको तयारी गर्दै: सन नेपाल लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत आर्थिक वर्ष संचालन अनुमति पाएर सञ्चालनमा आएको नयाँ मध्येको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्बसाधारणको लागि प्राथमिक शेयर निष्काशनका लागि आइपिओ रेटिङ गरेको छ। कम्पनीले क्रेडिट रेटिङ गर्ने कम्पनी केयर रेटिङ नेपाल मार्फत क्रेडिट रेटिङ गरेको हो।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा पहिला क्रेडिट रेटिङ गर्ने कम्पनी बनेको छ । नयाँ इन्स्योरेन्स मध्ये सबै भन्दा पहिला प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा कम्पनी रहेको देखिएको छ।

Esewa
Crest

कम्पनीले ‘केयर एनपी आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ। केयर रेटिङ नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय अवस्था औषत रहेको जनाउँछ। कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि रेटिङ गराएको हो।
रेटिङ एजेन्सी केयर नेपालका अनुसार बजारमा धेरै नै प्रतिस्पर्धा रहेको जनाएको छ। अहिलेको नेपाली बीमा बजारमा सन नेपालको हिस्सा ०.५८ प्रतिशत रहेको छ भने १८ वटा कम्पनीहरुमा सन नेपालको स्थान १४औं रहेको छ।

कम्पनीले शेयर निष्काशनका लागि नेपाल एसबिआई मर्चेन्ट बैकिङ् लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको गत फागुनमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले ३० प्रतिशत साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

सबै प्रक्रिया पुरा गरि छिट्टै धितोपत्र बोर्डमा शेयर निष्काशनका लागि निबेदन दिने कम्पनी श्रोतले जानकारी दिएको छ, आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ भने संस्थापकको शेयर स्वामित्व ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सले १३ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS