IME Life New

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बाहिरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजिनामा दिएका छन्। पौड्यालले मंगलबार दिएको राजिनामालाई मंगलबारै बसेको सञ्चालक समितिको बैठकले स्वीकृति दिएको छ।

विगत लामो समयदेखि बैंकको सञ्चालक समिति र पौड्याल विच विवाद थियो। शर्माले यस अगाडि दिएको राजिनामालाई कार्यान्वयन नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिए पछि उनको कार्यकाल थमौती भएको थियो। सञ्चालकहरु विचको विवादका कारण पौड्याल समस्यामा थिए। केहि सञ्चालकले साउनमै पौड्याललाई हटाउनु पर्ने अडान लिएका थिए।

Esewa
Crest

विवादकै अवधिमा पौड्याल १९ महिनामा बैंकबाट बाहिरिएका छन्। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पद दुई वर्ष बाँकी छदै सनराइज भित्रिएका पौड्याल मंगलबारबाट बाहिरिएका हुन्। उनले आफु बाहिरिनु अगाडि आरती राणालाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेका थिए। राणा बैंकको दोस्रो बरियतामा रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS