IME Life New

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ७५ पाउँदा कुन योजनामा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको माघ २५ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।

Crest

सनलाइफ सावधिक जीवन बीमालेख

कम्पनीले यस बीमालेखमा न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५० रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १८ हजार ६७७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)को हकमा कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मका लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५८५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि पनि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २५ हजार ४७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनश प्राप्त गर्ने छन्।

सुनौलो सावधिक जीवन बीमा

यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)

नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)को हकमा पनि कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ९ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । १० देखि १४ वर्ष अवधिका लागि पनि प्रति हजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३ हजार ७०५ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनश प्राप्त गर्ने छन्।

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधि (१५)मा प्रतिहजार ४२ रुपैयाँ बोनसदर कायम गरेको छ।

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजनासमेत)

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजनासमेत) यस बीमालेखको हकमा कम्पनीले १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २७ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिका लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS