IME Life New

सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ २६ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार उक्त आइपीओमा आज साझ ५ः०५ बजेसम्म २६ हजार ४७४ जनाले १६ लाख ८९ हजार १७० कित्ताका लागि आवेदन दिइएका हुन् ।

कम्पनीले साउन १ गतेबाट प्रिमियमा पहिलो चरणको आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

Crest

सोमध्ये पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। पहिलो चरणको आइपीओ विक्रीपछि मात्रै कम्पनीले दोस्रो चरणको आइपीओ अर्थात सर्वसाधारणका लागि विक्री गर्नेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS