IME Life New

सनराइज बैंकले भर्खरै सुरु गरेको स्वास्थ्य बीमा अन्तर्गत पहिलो दाबी भुक्तानी गर्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रू १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ ।

सोही क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक राजेन्द्रकुमार शाखकर्मीलाई एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रू २२ हजार ६१ बराबरको रकम बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले प्रदान गरेका छन् ।

Crest

 

बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘सामुहिक दुर्घटना बीमा सुविधा’ समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

उक्त सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिने व्यवस्था गरेको जानकारी गराएको छ । बैंकका अनुसार ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै ती दुवै बीमा सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS