IME Life New

सनराइज फर्स्टको १० करोड युनिट म्युचुअल फन्ड निष्कासन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज क्यापिटलले बुधबार (असोज ८ गते) देखि ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ को १० करोड इकाई (युनिट) बिक्री निष्कासन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत फन्डले १५ प्रतिशत ९१ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको जानकारी गराएको हो ।

Esewa
Crest

उक्त कार्य्रकममा बोल्दै , सनराइज क्यापिटलका प्रमुख कार्यकारी विजय लाल श्रेष्ठले –’हामी बजारमा रार्यट टाईममा प्रवेश गरेका छौ । हामी यो आज किनेर भोली विक्रि गर्ने भन्दा पनि लङटम रुपमा लगानी गर्ने सोचमा बढी केन्दि«त हुने बताए ।’

द्धिर्घकालिन सोचका साथ शेयर बजारमा लगानी गर्ने उदेश्य राखेको यस फण्डले लगानीकर्तालाई बार्षिक २४दशमलव २९ प्रतिशत प्रतिफल र औषत बार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ ।

यस योजनाको इकाईमा आदवेदन गर्नका लागि आफनो खाता रहेको बैंक वित्तिय संस्थाबाट आस्वा प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ । जसमा लगानीकर्ताले असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहनेछ ।

सनराइज फस्र्ट म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । यस फन्डको इकाईमा लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।

यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । फन्डको व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो स्कीम हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS