IME Life New

श्री एयरको बढ्दो उपस्थितिले दबाबमा बुद्ध एयर, धनगढीसँगै सुर्खेतमा पनि उडान थप्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिस्पर्धी श्री एयरलाइन्सले विमानसँगै उडान सेवा बिस्तार गर्न थालेपछि निजी क्षेत्रको वायू सेवा प्रदायक बुद्ध एयरले कर्णाली र सुदूरपश्चिम प्रदेशको राजधानीमा हवाई उडान सेवा थप्ने भएको छ। दुबै गन्तव्यमा हाल दैनिक दुई पटक उडान गर्दै आएकोमा बुद्ध एयर थप एक एक उडान थप्ने भएको हो ।

बुद्ध एयरका अनुसार आगामी जुलाई २५ तारेख अर्थात् साउन १० गते देखि काठमाडौं सुर्खेत काठमाडौं र काठमाडौं धनगढी काठमाडौं रूटमा थप एक उडान सहित दैनिक तीन उडान गरिनेछ। यी दुबै रूटमा हाल दैनिक दुई पटक दुईतर्फी उडान भरिरहेको छ।

Crest

दुबै रूटमा निजी क्षेत्रको दोश्रो ठूलो वायू सेवा कम्पनी श्री एयरले समेत उडान भरि रहेको छ । श्री एयरलाइन्सले काठमाडौंबाट धनगढीमा दैनिक तीन उडान भरेपछि बुद्ध एयरलाई पनि उडान संख्या थप्नुपर्ने बाध्यता भएको हो ।

बुद्ध एयरले ४२ सिटे विमानमार्फत् भरतपुर विमानस्थलमा एकलाैटी उडान भरिरहेकोमा  श्री एयरलाइन्सले ८० सिटे विमानमार्फत्भ परिक्षण उडान गरेर त्यो रूटमा पनि प्रवेश गर्ने संकेत गरि सकेको छ।

बुद्ध एयरको एटिआर विमानको तुलनामा श्री एयरको ड्यास एट क्यु ४०० ले छोटो समयमा लामो दूरीको उडान भर्ने भएकाले विशेषगरी सुदुरपश्चिमवासीले श्री एयरको सेवा रूचाउन थालेका छन् । काठमाडौं धनगढीको उडान श्री एयरको विमानले जम्मा ५० मिनेटमा पुरा गर्छ भने बुद्ध एयरको एटिआर ७२ विमानले १ घण्टा १० मिनेटमा पुरा गर्छ ।

यसैगरी काठमाडाैं सुर्खेत रूटको उडान बुद्ध एयरमा पुरा एक घण्टा लाग्छ भने श्री एयरलाइन्सको विमानले जम्मा ४० मिनेटमै गन्तव्यमा पुर्याई दिन्छ।

हाल काठमाडाैं धनगढी रूटको हवाई टिकट दर न्यूनत्तम ८ हजारदेखि अधिकत्तम १७ हजार रूपैयाँ रहेको छ। सस्तो दरको टिकट उपलब्ध भएको अवस्थामा १७ हजार रूपैयाँमा काठमाडाैं दिल्ली रूटको उडान नै उपलब्ध हुन्छ।

यसैगरी काठमाडौं सुर्खेत रूटको हवाई टिकट दर ७ हजार रूपैयाँदेखि १४ हजार रूपैयाँसम्म छ। कर्णाली र सूदुरपश्चिमवासीका लागि हवाई उडान निक्कै खर्चिलो पर्छ। अफ सिजनमा झण्डै आधा दाममा टिकट पाइने भएपनि सिजन र चाडपर्वका समयमा सर्वसाधारणले अधिकत्तम शुल्क तिरेर हवाई यात्रा गर्नुपर्ने बाध्यता हुन्छ।

श्री एयरले एक साथ ८० सिट क्षमताका तीनवटा विमान आन्तरिक हवाई सेवाका लागि भित्र्याएपछि बुद्ध एयर पनि एक साता अघि मात्रै एउटा एटिआर ७२ विमान भित्र्याएको छ। गत चैत्र  १३ गते दुईवटा विमान भित्र्याएको श्री एयरले असार ८ गते थप एउटा म्बार्डियर ड्यास ८ विमान भित्र्याएको हो ।

बुद्ध एयरसँग हाल ४२ सिटका तीनवटा र ७२ सिटका पन्ध्रह वटा विमान छ। यसैगरी श्री एयरसँग हेलिकप्टरबाहेक ११ वटा विमान छ।

जम्मा ७ वटा विमान भएको यति एयरले पर्याप्त उडान गर्न नसक्दा क्रमशः बजार हिस्सा गुमाई रहेको छ। यति एयरको बजार हिस्सा बुद्ध एयर र श्री एयरलाइन्सले खोस्दै लगेका छन् ।

विमान कम्पनीहरूबीच प्रतिस्पर्धाका कारण सस्तो मूल्यको टिकट सीमित संख्यामा थप भएपनि हवाई यात्रा अझै सस्तो हुन सकेको छैन । नेपालमा हवाई इन्धनको मूल्य महँगो भएकाले पनि हवाई टिकटको मूल्य महँगो पर्न जान्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

5%

दु :खी

5%

अचम्मित

5%

उत्साहित

5%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS