आज शेयर बजार दोहोरो अंकदले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ४९ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ । आनज ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हनजार ६१० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड माथिको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ६ दशलमव ०६ प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले गुमाएका हुन् ।

















