IME Life New

शेयर कारोबारका लागि विद्युतीय प्रणालीबाट हुने भुक्तानीको सीमा हट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बेंकले विद्युतीय प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै विभिन्न शिर्षकका भुक्तानीको सीमा १० लाखमा सिमित नहुने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले मोबाइल बेंकिङ मार्फत करोबारको लागि प्रति दिन १ लाख र प्रति महिना १० लाख ,मर्चेन्ट पेमेन्टतर्फको इन्टरनेट बैंकिङको लागि प्रति दिन १० लाख र प्रति महिना ३० लाख तथा एकाउन्ट ट्रान्सफरतर्फको इन्टरनेट बैंकिङको हकमा भने प्रति दिन १० लाख र प्रति महिना ५० लाखको सीमा तोकेको छ ।

Esewa
Crest

विद्यमान काभिड १९ महामारीले गर्दा आवगमनमा पर्न गउको असहजताका कारण अर्को व्यवस्था नभएसम्मको लागि, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रको कारोबार गरे वापत सेवाह्राही ग्राहकबाट।लाई प्रति भुक्तानी कारोबार अधिकतम मोबाइल बैंकिङ्गतर्फ १ लाख र र इन्टरनेट बैंकिङतर्फ १० लाखका हिसाबले रकम भुक्तानी गर्न भनेको छ ।

यी भुक्तानीमा राष्ट्र बैंकले तोकेको सिमा लागु हुदैन
कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, सरकारको सम्बन्धित कार्यालयलाई भुक्तानी गर्नुपर्ने कर,राजस्व, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क विविध शुल्कहरु भुक्तानी गर्न, विद्युत सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा,विमा प्रिमियम सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी गर्न,

त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टटुरेन्टको सेवा कारोबारको भुक्तानी गर्नुपर्ने विल बमोजिमको रकम भुक्तानी गर्दा यो सिमा लागु नहुने समेत राष्ट्र बैंकले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS