IME Life New

शेयरधनीलाई पुरानो लाभांश लिन एनएमबि बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीलाई आर्थिक वर्ष २०६९/७० देखि लिन बाँकी रहेको लाभांश लिनका लागि आग्रह गरेको हो ।

बैंकले लाभांश लिन बाँकी शेयरधनीलाई शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरीमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ । आर्थिक वर्ष २०६९/ ७० सम्मको लाभांश रकम सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा पठाउने जनाएको छ ।

Esewa
Crest

साथै बैंकले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि चल्ती नभएका तथा दाबी नपरेका निक्षेप खाताहरुमा मौज्दात रहेको रकम लिन पनि सम्बन्धित निक्षेपकर्ता तथा हकवालालाई आवश्यक प्रमाणपत्रसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS