IME Life New

शेयरधनीको बैंंक खातामा मुक्तिनाथ विकास बैंकको नगद लाभांश जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४औं वार्षिक साधारणसभाले पारित गरेको ४ दशमलव २६ प्रतिशत नगद लाभांश पुस १२ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको जनाएको छ ।

उक्त मयपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिने बैंकले जनाएको छ । आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीको शेयर पुस १२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपश्चात् मात्र बैंक खातामा जम्मा गरिदिने एक सुचना जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS