IME Life New

शिर्ष दश बजार पूँजीकरण हुने कम्पनीमा दुई बीमा कम्पनी, पुनर्बीमा नबिल बैंक भन्दा अगाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको एक मात्र धितोपत्र बजार हालसम्मकै उच्च बिन्दुमा आइपुग्दा शिर्ष दश बजार पूँजीकरण हुने कम्पनीमा एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र एक जीबन बीमा कम्पनी नेपाल लाइफ  इन्स्योरेन्स  गरि दुई बीमा कम्पनी परेका छन्।

शेयर बजारमा पुराना कम्पनीहरुलाई उछिन्दै नयाँ कम्पनी नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणमा नेपाल टेलिकमपछि दोस्रो ठूलो कम्पनी बन्न पुगेको छ ।

Esewa
Crest

शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा नेपाल टेलिकमले धेरैजसो समय आफुलाई पहिलो स्थानमा राख्दै गर्दा दोस्रो देखि दशौं स्थानमा भने हरेक साता ठूला कम्पनीहरुमा आउने उतार चढावका कारण परिवर्तन हुँदै आइरहेको छ ।

यसै क्रममा नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा दोस्रो स्थानमा पुगेको छ । यस कम्पनीको साताको कारोबारका आधारमा बजार पूँजीकरण १ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जुन पहिलो स्थानमा रहेको नेपाल टेलिकमको भन्दा २९ अर्ब ४५ करोड रुपैयाँले  कम हो । टेलिकमको बजार पूँजीकरण १ खर्ब ६३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार शेयर बजार पूँजीकरणको  आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो स्थानमा रहेको छ । कम्पनीको बजार पूँजीकरण यस साता ३८ करोड ४७ लाख रुपैयाँले घटेर ९१ अर्ब ५१ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS