IME Life New

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन्।

Crest

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS