IME Life New

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा असार १२ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा  डेभलपमेन्ट बैंकको ११ औँ वार्षिक साधारणसभा असार १२ गते (शुक्रबार) हुने भएको छ। जेठ २२ गते बसेको बैंकको संचालक समितिको बैठकको निर्णय अनुसार वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित एसियन भिलेज रिसोर्ट हुने भएको हो।

उक्त सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्तिपश्चात् कायम भएको आर्थिक बर्ष २०७५/७६ सम्मको कुल संचित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६१८ दशमलव ५९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

Esewa
Crest

यसैगरी सभामा दुई बैंकलाई प्राप्ति गर्नुपूर्वको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५७.२२ प्रतिशत र सर्वसाधारण समूहको ४२.७८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि अनुमोदन हुने भएको छ। सोही अनुसार सभाम शेयर स्वामित्व संरचना पनि परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्ने बिषयमा छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS