IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः नाफामा करिब २५%को बढोत्तरी, ईपीएसमा पनि सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेनट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १९ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.८९ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड २९ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा २०.०४ प्रतिशतले बढेर ३५ करोड २० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २९ करोड ३३ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर ६५ करोड ८८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५१ करोड १३ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ४ अर्ब ७३ करोड ३६ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २ अर्ब २ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ७६ करोड ६० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ६५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.५० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल २.५९ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १७.९० रुपैयाँ थियो। पीई रेसियो २४.८२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.०३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS