IME Life New

वोमी लघुवित्तको साधारणसभा असार १९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्तले यसअघि स्थगित भएको आठौं वार्षिक साधारण सभा असार १९ गते गर्ने भएको छ। ।कम्पनीको ंंंचालक समितिको निर्णय अनुसार उक्त सभा सभा कम्पनीको केन्द्रीय कार्यालय बनेपा १४, साँगामा बिहान ११.३० बजे सुरु हुने भएको छ ।

सभामा कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । वोमीले २ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, कर तिर्न १३ लाख ३० हजार १०५ रुपैयाँ बराबरको नगद लाभांश पनि दिनेछ ।

Esewa
Crest

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । गत आर्थिक बर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल र चालु आर्थिक बर्षको लेखापरिक्षण नियुक्त सम्बन्धी छलफल पनि हुने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गते देखि चैत १६ गतेसम्म बुक क्लोज गरिसकेको छ । त्यसैले फागुन २९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS