IME Life New

वोमी लघुवित्तको कात्तिक २१ गतेबाट ६२ हजार कित्ता शेयर लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले शेयर लिलामी गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको ६२ हजार १८३.८० कित्ता सेयर बिहीबर कात्तिक २१ गते देखि लिलामीमा ल्याउने भएको हो ।

लिलामीमा आउने उक्त शेयर सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले असोज ६ गतेदेखि १३ गतेसम्म संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९।२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको जनाएको छ ।

Esewa
Crest

त्यसबेला सर्वसाधारण समूहको सबै कित्ता बिके पनि संस्थापक समूहमा भने १४ हजार ५२० कित्तामा मात्र आवेदन परेपछि संस्थापक तर्फको बाँकी रहेको ६२ हजार १८३.८० कित्ता सेयर पुनः लिलामीमा ल्याइएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक २८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं तथा वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सकिनेछ ।

त्यस्तै, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS