काठमाडौं । वैशाख २३ गते आइतबार नेप्से परिसूचक १९७४.३७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २४.५८ अंकले घटेको छ।
३ अर्ब ७९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ४१ करोड २४ लाखको कारोबार भएको छ जसमा १८ करोड ५ लाखको खरीद छ भने २३ करोड १८ लाखको विक्री छ ।
त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १८ करोड २९ लाखको खरीद छ भने १५ करोड २३ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।


















