IME Life New

वैवाहिक वर्षगाँठको उपलक्ष्यमा सीताले दिइन् श्रीमानलाई ७० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सम्बन्धी सचेतना बढेसँगै बीमा गर्ने जमत बढ्न थालेका छन् । स्वयम बीमा गर्नेको संख्या त बढेकै छ, साथै विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन समेत बढ्न थालेको छ । यसैक्रममा अर्घाखाँचीका सीता पराजुलीले आफ्नो ११ औं वैवाहिक वर्षगाँठको अवसरमा आफ्नो श्रीमानलाई बीमा पोलिसी उपहार दिएकी छिन् ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखाकि एजेन्सी म्यानेजर समेत रहेकी सीता पराजुलीले आफ्नो श्रीमान विकास सिंह ठकुरीलाई ७० लाख बराबरको सिटिजन शुभारम्भ जीवन बीमा योजना उपहार दिएकी हुन् ।

Esewa
Crest

सिटिजन लाइफ इन्सोरेन्सजीवन बीमा प्रती सकारात्मक सोचाइ भएकी पराजुलीले केही समय अघि स्वयमको पनि ५० लाख बराबरको सिटिजन जीवन सारथि योजना खरिद गरेकी थिइन् ।

यो अवसरमा फजुल खर्च गर्नुको सट्टा जीवन बीमा योजना खरिद गरि जीवनमा बचतसंगै सुरक्षा गरि आफ्नो आर्थिक क्षमता बृद्धि हुने गरि जीवन बीमा खरिद गर्नु उचित हुने सीताले बताइन् ।

अर्घाखाँची शाखाका प्रबन्धक नारायण जि. सि.ले यस्तो सु–अवसरमा जीवन बीमा उपहार दिएकोमा यो जोडीलाई बधाई तथा ११औ वैवाहिक बर्षगाँठकोे शुभकामना प्रदान गरे। साथै यस्तो सकारात्मक कार्यले हाम्रो समाजमा जीवन बीमा प्रतीको महत्व झन् बढ्ने साथै समाजमा राम्रो सन्देश जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS