IME Life New

वैदेशिक रोजगारी बीमामा सामूहिक पुल, पहिलो वर्ष समान ४.६ प्रतिशत व्यापार बाँडिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमाको लागि पुनः सामूहिक बीमा कोष (पुल) सञ्चालनमा ल्याएको छ। प्राधिकरणले निर्देशन जारी गर्दै चालू आर्थिक वर्ष २०८१।८२ मा ६९ प्रतिशत व्यापारलाई समानुपातिक हिसाबमा र बाँकी ३१ प्रतिशत हिस्सा पछिल्लो दुई वर्षको व्यापार हिस्साको आधारमा बाँडफाँड गर्ने प्रावधान लागू गरेको छ।

प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा संचालन सम्बन्धी निर्देशन, २०८१ जारी गर्दै वैदेशिक रोजगार म्यादी बीमालेखको बिक्री र जोखिम व्यवस्थापनको प्रबन्ध मिलाएको हो ।

Crest
वैदेशिक रोजगारी म्यादी बीमाको व्यापार बाँडफाँड सम्बन्धी नयाँ व्यवस्था । श्रोतः नेपाल बीमा प्राधिकरण

साउन १ गते देखि नै लागू हुने गरी जारी गरिएको निर्देशन अनुसार १५ वटा जीवन बीमकलाई चालू आव २०८१।८२ मा समान ४.६ प्रतिशत वितरण गरिने भएको छ। बाँकी ३१ प्रतिशतमध्ये पछिल्लो दुई आवको बजार हिस्साको औसतको आधारमा ०.१५ प्रतिशतदेखि ९.४ प्रतिशतसम्म वितरण गरिने भएको छ।

यसैगरी आव २०८२।८३ मा सबै बीमकलाई समान ५.७ प्रतिशत र २०८३।८४ मा समान ६.६६ प्रतिशत वितरण गरिने भएको छ। यी दुबै आवमा समानुपातिक वितरणपछि बाँकी रहने बीमाशुल्क आम्दानीलाई सामूहिक बीमा पुलमा सहभागि बीमकबीच आव २०७९।८० र २०८०।८१ को बजार हिस्साको औसतका आधारमा बाँडफाँड गर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

वैदेशिक रोजगारी बीमालेख जारी गर्ने बीमकले बेग्लाबेग्लै बीमालेख बिक्री गरेपनि बिक्रीवापतको हिसाब दैनिकरूपमा कोष प्रबन्धक समक्ष पेश गर्नुपर्नेछ। बीमालेखवापतको दाबी भुक्तानीको जिम्मा बीमकको हुनेछ। दाबी भुक्तानी गरि सकेपछि त्यसको विवरण कोष प्रबन्धक समक्ष पेश गरेर बीमकले सोधभर्ना लिन सक्नेछन् ।

यसअघि सामूहिक बीमा कोषको सञ्चालन र व्यवस्थापनको काम सरकारी स्वामित्वको नेपाल पुनर्बीमाले गर्दै आएकोमा यसपटक प्राधिकरणको सञ्चालक समितिले निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्सलाई समेत समावेश गरिदिएको छ। अब दुबै स्वदेशी पुनर्बीमकले संयुक्तरूपमा कोषको व्यवस्थापन गर्नुपर्ने भएको छ ।

बीमालेख बिक्री र दाबी भुक्तानीको व्यवस्थापन खर्चवापत जीवन बीमकले आर्जित बीमाशुल्कमध्ये १ प्रतिशत रकम व्यवस्थापन खर्च दाबी गर्न पाउने भएका छन् ।

विदेशी लगानीका एलआइसी नेपाल र मेट लाइफ(एलिको) ले वैदेशिक रोजगारी म्यादी जीवन बीमालेख बिक्री नगर्ने भएकाले यी दुबै बीमकलाई बाँडफाँडमा सहभागि गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS