IME Life New

विश्वका १० ठुला बीमा कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एआईए ग्रुप  AIA Group Ltd

प्रधान कार्यालय हङकङमा रहेको एआईए ग्रुप सन् १९१९ मा सिंगापुरमा स्थापना भएको कम्पनी हो । कम्पनीले चीन, अस्ट्रेलिया, कम्बोडिया, न्यूजिल्याण्ड, भारत गरी १८ देशहरुमा व्यवसाय विस्तार गरेको छ । सन् २०१८ डिसेम्बर ३१ मा कम्पनीको सम्पत्ति २ सय ३० विलियन अमेरिकि डलर रहेको थियो ।

Esewa
Crest

 

एआइजी AIG


८० देशमा व्यवसयाय विस्तार गर्दै आएको एआइजी कम्पनी सन् १९१९ साँघाईमा स्थापनाा भएको कम्पनी हो । कम्पनीको प्रधान कार्यालय न्यूओर्क सिटिमा रहेको छ ।

एलियान्जे एसई Allianz SE


७० देशहरुमा बीमा सेवा दिँदै आएको एलियान्जे कम्पनीको प्रधान कार्यालय जर्मनिमा रहेको छ । एलियान्जे कम्पनी सन् १८९० मा स्थापना भएको कम्पनी हो । कम्पनीले स्वास्थ बीमा, सम्पत्ति बीमा र जीवन बीमासम्बन्धि सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

एक्स ए AXA


यो कम्पनी सन् १८१६ मा स्थापना भएको हो । ५६ देशहरुमा १ सय २ मिलियन भन्दा बढी ग्राहकहरु रहेका छन् । यस कम्पनीले १ लाख २५ भन्दा बढीलाई रोजगारी दिईरहेको छ ।

बक्सर हाथवे Berkshire Hathaway


सेयरका बादशाह वारेन बफेटको कम्पनी बक्सर हाथवे कम्पनीका बीमा सम्बिन्ध काम गर्ने थुप्रै सहायक कम्पनी रहेका छन् । जस्तै, बक्सर हाथवे रि इन्स्योरेन्स ग्रुप, बक्सर हाथवे प्राइमरी ग्रुप, जनरल रि जस्ता रहेका छन् ।

चाइना लाइफ इन्स्योरेन्स  China Life Insurance


सन् १९४९ मा स्थापना भएको चाइना लाइफ सरकारी स्वामित्वको रहेको कम्पनी हो । बजार पूँजीकरणको आधारमा विश्वको सबैभन्दा ठुलो जीवन बीमा कम्पनी हो । यो कम्पनीको शेयर हङकङ स्टक एक्सचेञ्ज, साँघाई स्टक एक्सचेञ्ज र न्यू ओर्क स्टक एक्सचेञ्जमा कारोबार हुन्छ । कम्पनीले जीवन बीमा, पेन्सन योजना र सम्पत्ति व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।

आइएनजी ग्रुप ING Group


आईएनजी ग्रुप सन् १९९१ मा स्थापना भएको कम्पनी हो । ४० देशबाट बीमा सेवा प्रदान गर्दै आईरहेको कम्पनीका ३७ मिलियन ग्राहकहरु रहेका छन् ।

पिङ एन अफ चाइना Ping An of China

पिङ एन अफ चाइना सन् १९८८ मा स्थापना भएको कम्पनी हो । कम्पनीका पिङ एन लाइफ, पिङ एन प्रोपटि एण्ड क्याजुल्टि, पिङ एन एन्युटि, पिङ एन हेल्थ लगायतका सहायक कम्पनीहरु रहेका छन् ।

मेट लाइफ MetLife


६० देशबाट बीमा सेवा प्रदान गर्दै आईरहेको मेट लाइफसँग ९० मिलियन ग्राहकहरु रहेका छन् । नेपालमा पनि यसले व्यवसाय गर्दै आएको छ ।

यूनाइटेड हेल्थ ग्रुप  United Health Group

संयुक्त राज्य अमेरीकाको यो कम्पनीले १ सय २५ मुलुकबाट सेवा प्रदान गर्दै आईरहेको छ । ११५ मिलियन भन्दा धेरै ग्राहक रहेका छन् । यो कम्पनी अमेरीकाको स्वास्थ्य बीमा क्षेत्रको अग्रणी कम्पनी हो ।

श्रोत : इन्भेस्टोपेडिया 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS