IME Life New

विविध कार्यक्रमको आयोजना गरी मनायो नेपाल फाइनान्सले ३०औं वार्षिकोत्सव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो ३०औं बार्षिकउत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । २०४९ साल पौष २२ गतेबाट कारोबार शुभारम्भ गरेको नेपाल फाइनान्सले ३० औं बार्षिक उत्सव मनाएको हो ।

संस्थाले ३० औं बार्षिक उत्सवको अवसर पारेर संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान, संस्थाका संचालकहरु दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य लगाएतको उपस्थिति रहेको कार्यक्रम नेपाल प्रहरी अस्पताल, महाराजगंन्ज, काठमाण्डौ रक्त संचार शाखाको सहयोगमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Crest

कार्यक्रममा संस्थाका कर्मचारी, संस्थाको केन्द्रीय कार्यालय रहेको भवन म्याक्स इन्टरनेशनलमा कार्यरत कर्मचारीहरु गरी जम्मा ३७ पोइन्ट रगत संकलन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले जनाएका छन् ।

सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ उपत्यकाभन्दा बाहिर रहेका विभिन्न शाखा कार्यालयहरुमध्ये हेटौडा शाखा कार्यालयले डिभाइन सर्भिस होम वल्डएज, हेटौडामा रहेको बृद्ध बुबाआमाहरुको लागि खाद्यान्न, सामाग्री, ग्यास सिलिण्डर लगाएतका उपभोग्य सामानहरु प्रदान गरेको छ भने, बनेपा शाखा कार्यालयले पनि बौद्ध बृद्धाश्रम, बनेपा –९, काभ्रेपलान्चोकमा विभिन्न खाद्यान्नका सामाग्रीहरु प्रदान गरेको छ ।

त्यसैगरी संस्थाको मुर्गिया शाखा कार्यालयले कालिका प्राथमिक विद्यालय, सैनामैना, गैंडाकोट शाखा कार्यालयले श्री भाग्यदय आधारभुत बिद्यालय, गैंडाकोट, माछापुच्छ्रे शाखा कार्यालयले भुर्जङ्गखोलास्थित कृष्ण महादेव आधारभुत स्कुल, धनुषाधाम शाखा कार्यालयले राष्ट्रिय प्राथमिक विद्यालय, मंगलपुर, तिलोत्तमा शाखा कार्यालयले हाम्रो सगरमाथा आधारभुत विद्यालय, शंकरनगर र पालुङ्गटार शाखा कार्यालयले बिन्ध्याबासीनी आधारभुत बिद्यालय, पालुङ्गटार गरी ६ वटा शाखा कार्यालयले उल्लेखित बिद्यालयहरुमा कपी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको संस्थाले जनाएको छ ।

यसका साथसाथै संस्थाले ३० औं बार्षिकउत्सवकै अवसरमा पौष २२ देखि १ महिनाको लागि संस्थाको मोवाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट फिर्ता र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने योजनाका साथै १ महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने योजना र पौष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको जनाएको छ ।

संस्थाले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टरमार्फत बैंकिङ्ग सेवाको साथै कनेक्ट आईपीएस, आईपीएस, डेबिट कार्ड, मोबाइल बैंकिङको माध्यमबाट सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS