काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित दुई अध्यादेश फिर्ता लिएकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल त्याग सम्बन्धी अध्यादेश र संवैधानिक नियुक्ती सम्बन्धी अध्यादेश फिर्ता लिन सिफारिस गरे अनुसार राष्ट्रपति कार्यालयले उक्त अध्यादेश फिर्ता लिएको जनाएको छ ।


















