IME Life New

विध्यावासिनी हाइड्रोपावरले बढायो नाफा, अन्य सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौैं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नाफामा ३.८९ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी २.५५ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा १६ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको अन्य इक्विटीमा २० करोड ५४ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६.०९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११८.६७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS