IME Life New

वित्तीय विवरणमा देखियो ज्योति लाईफको प्रगति, जीवन बीमा कोष १७०% ले बृद्धि, बीमा शुल्क आर्जन झण्डै दोब्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको व्यवसाय, आम्दानी र मुनाफा सबै बढेको छ । बीमा कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार ज्योति लाईफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन झण्डै दोब्बर भएको छ । जसका कारण जीवन बीमा कोष र मुनाफामा ठूलो योगदान गरेको छ । बीमा कम्पनीहरुको जीवन बीमा कोष नै कम्पनीको बलियोपना मापनको आधार हो ।

गत असार सम्ममा कम्पनीले जीवन बीमा कोष झण्डै दुई अर्ब अर्थात एक अर्ब ९७ करोड तीन लाख ९४ हजार १०४ रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवको तुलनामा यो १७० प्रतिशतले बढि हो । समीक्षा अवधीको अघिल्लो आवमा ज्योति लाईफले ७२ करोड ८८ लाख ३७ हजार १३१ रुपैयाँ थियो । त्यस्तै, कम्पनीले महाविपत्ति कोषमा चार करोड ४३ लाख ९० हजार ७६२ रुपैयाँ र जगेडा कोषमा ३९ करोड ९५ लाख १६ हजार ८५९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीको तीन वटै कोषमा गरी कूल दुई अर्ब ४१ करोड ४३ लाख एक हजार ७२५ रुपैयाँ जम्मा गरेको छ ।
कम्पनीले गतवर्ष एक अर्ब ७८ करोड सात लाख तीन हजार ८७१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । कम्पनीले अघिल्लो वर्ष ९८ करोड ७७ लाख १५ हजार ४८७ रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कूल बीमा शुल्क समेतमा बृद्धि भएको छ । समीक्षा अवधीमा कम्पनीेले एक अर्ब ८९ करोड तीन लाख सात हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कूल बीमा शुल्क एक अर्ब दुई करोडमाथि थियो ।

Esewa
Crest

 

त्यस्तै कम्पनीको मुनाफा समेत बृद्धि भएको देखिएको छ । कोरोना महामारीका कारण केही कम्पनीहरुको मुनाफा घटिरहेको बेला ज्योति लाईफको भने मुनाफामा सामान्य बृद्धि भएको हो । गत आवमा १२ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष १२ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा ६ लाख रुपैयाँ बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले समीक्षा अवधीमा तीन करोड ५३ लाख व्यवस्थापन खर्च गरेको छ । अघिल्लो वर्ष दुई करोड ९६ लाख रुपैयाँ त्यस्तो खर्च गरेको थियो । त्यस्तै कम्पनीको आम्दानी झण्डै दोब्बर भएको छ । अघिल्लो वर्ष लगानी तथा अन्य आय बापत आठ करोड ४६ लाख ५७ हजार ८९० रुपैयाँ आम्दानी गरेको ज्योत िलाईफले यस वर्ष १५ करोड ४५ लाख ३३ हजार ७०३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै बीमालेख धितो बापत ७४ लाख ६९ हजार ९३२ रुपैयाँ आम्दानी गरेको छ ।

गत कम्पनीले ८५ लाख ९ हजार दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम छैन । कम्पनीको प्रतिशेयर आम्दानी ८.१३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.८३ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्ति २७४.१९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS