IME Life New

विगत एक दशकमा स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले शेयरधनीलाई कति दिए लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा २८ वटा वाणिज्य बैंकहरु संचालनमा रहेका छन् । जसमध्ये नेपाल स्टक एक्स्चेञ्चमा २७ वटा वाणिज्य बैंकहरु सूचिकृत छन् । नेप्सेमा सूचिकृत २७ वटा वाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकएभरेष्ट  बैंकलाई पुराना र अब्बल वाणिज्य बैंकको रुपमा लिइन्छ । दुई बैंकमा विदेशी लगानी रहेका छ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बेलायतको लगानी रहेको छ भने एभरेष्ट  बैंकमा पंजाव नेशनल बैंकको लगानी रहेको छ।  एभरेष्ट  बैंकको स्थापना सन् १९९४ मा भएको थियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्थापना सन् १९८७ मा ग्रिण्ड्लेज बैंकको नाम बाट भएको थियो।  नेप्सेमा सूचिकृत भएका कम्पनीहरुमध्ये यी दुई बैंकहरुले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दै आएका छन् । आर्थिक वर्ष ७५/७६को लाभांस भने दुवै बैंकले प्रस्ताव गरेका छैनन्।

नेप्सेमा सूचिकत भएका २७ कम्पनीमध्ये अब्बल ठानिएका वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको दश वर्षको लाभांश हेर्दा :

Esewa
Crest

स्ट्याण्डर्ड चार्टर्ड बैंकका शेयरधनीहरुले यो दश वर्षको अवधिमा आकर्षक लाभांश प्राप्त गरेका छन् । यो दश वर्षको अवधिमा लगानीकर्ताहरुले ५ सय ८३  दशमलव ५५  प्रतिशत लाभांश प्राप्त गरेका छन् । उक्त लाभांशमध्ये २ सय ५८ दशमलव ३३ प्रतिशत बोनश शेयर रहेको छ भने ३ सय २५ दशमलव २२ प्रतिशत नगद लाभांश रहेको छ ।

यो दश वर्षको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताहरुले आर्थिक वर्ष २०७३ /७४ मा १०५ दशमलव २६ प्रतिशत लाभांश प्राप्त गरेका छन्।  जसमध्ये १०० प्रतिशत बोनश शेयर रहेको छ भने ५ दशमलव २६ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले एफपीओ प्रिमियम प्रयोग गरी शत प्रतिशत बोनस शेयर प्रदान गरेको थियो।

त्यस्तै एभरेष्ट बैंकका शेयरधनीहरुले दश वर्षको अवधिमा ४ सय ९९ दशमलव ०९ प्रतिशत लाभांश प्राप्त गरेका छन् । उक्त ४ सय ९९ दशमलव ०९ प्रतिशत लाभांशमध्ये २ सय ५५ प्रतिशत बोनश शेयर रहेको छ भने बाँकि २ सय ४४ दशमलव ०९५ प्रतिशत नगद लाभांश रहेको छ ।

यो दश वर्षको अवधिसम्म एभरेष्ट  बैंकका लगानीकर्ताहरुले आर्थिक वर्ष २०७२/ ७३  सालमा ७३ दशमलव ६७५  प्रतिशत लाभांश प्राप्त गरेका छन् । सो  लाभांशमध्ये ७० प्रतिशत बोनश शेयर प्राप्त गरेका छन् भने ३ दशमलव ६७५ प्रतिशत नगद लाभांश प्राप्त गरेका छन्।

ईतिहासमा राम्रो लाभांस दिदै आए पनि अहिले आएर पुँजी वृद्धिको कारणले गर्दा दुवै कम्पनीहरुले लाभांसलाई घटाउदै लगेको देखिन्छ। नयाँ वाणिज्य बैंकहरुको आगमनले पनि पुराना वाणिज्य बैंक हरुलाई व्यापारमा केही प्रतिस्पर्धा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS