IME Life New

वर्ष २०२४ मा २ वटामात्रै आइपीओ अनुमति, एउटाको जारी प्रक्रिया नै अलपत्र

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट वर्ष २०२४ मा दुईवटा कम्पनीले मात्रै आइपीओ अनुमति पाएका छन्। यो वर्षको सुरुआतमा आइपीओ अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणमा कैफियत देखिएपछि हालसम्म निष्कासन हुन सकेको छैन। गत मंसिर ७ गते आइपीओ अनुमति पाएको गार्डियन माइक्रो लाइफले भने पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई शेयर बिक्री गरेर अब दोस्रो चरणमा सर्वसाधारणलाई ल्याउने तयारी गरिरहेको छ।

गत वर्ष पुस तेस्रो साता रमेशकुमार हमाल धितोपत्र बोर्डबाट बाहिरिएपछि अध्यक्ष पद लामो समय रिक्त रहेको थियो। करिब ११ महिनापछि धितोपत्र बोर्डको अध्यक्षमा सरकारले सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ। यो ११ महिनामा अर्थ मन्त्रालयका सहसचिवहरुले धितोपत्र बोर्डमा अध्यक्षको भूमिका निर्वाह गरे पनि आइपीओ अनुमति दिन सकेनन्।

Crest

हमाल बाहिरिनुअघि रिलायन्स स्पिनिङले आइपीओ अनुमति पाएको थियो भने श्रेष्ठ भित्रिएपछि गार्डिन माइक्रो लाइफले आइपीओ स्वीकृति पाएको थियो।

रिलायन्स स्पिनिङको आइपीओ गत असार २७ गतेबाट वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री खुला गरिने भनिएको थियो। कम्पनीको वित्तीय स्वास्थ्यमा लफडै–लफडा देखिएपछि आमसर्वसाधारणदेखि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिसम्म कुरा उठेको थियो। लेखा समितिले धितोपत्र बोर्डलाई पत्र पठाउँदै वित्तीय अवस्थामा कैफियत देखिएको रिलायन्स स्पिनिङलाई बुक बिल्डिङ विधिमार्फत आइपीओ अनुमति दिनुको कारणबारे प्रस्ट जबाफ पठाउन ७ दिनको समयसीमा दिएको थियो।

लेखा समितिको निर्देशनपछि धितोपत्र बोर्डको रिलायन्स स्पिनिङको आइपीओ रोक्ने निर्णय गरेको थियो। सोहीबमोजिम आइपीओ रोक्न रिलायन्स स्पिनिङ र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र बोर्डले पत्र पठाएको थियो। गत असार २७ गते नै कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राखिएको भन्दै सूचना जारी गरेको थियो। हालसम्म यो कम्पनीको आइपीओ निष्कासन प्रक्रिया अलपत्र नै रहेको छ।

रिलायन्स स्पिनिङले सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्ने तयारी गरेको थियो। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको थियो। कम्पनी योग्य संस्थागत लगानीकर्तालाई भने शेयर बिक्री गरिसकेको छ।

उता गार्डियन माइक्रो लाइफले दोस्रो चरणमा सर्वसाधारणका लागि यही पुस २१ गते आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ जारी गरी बाँडफाँटसमेत गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।

अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो। सर्वसाधारणका लागि जारी आइपीओ छिटोमा पुस २४ गते र ढिलोमा मंसिर ६ गते बन्द हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्।

गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनी हो।

उता धितोपत्र बोर्डको पाइपलाइनमा भने आइपीओ अनुमति माग्ने कम्पनीको भीड लागेको छ। अहिले पाइपलाइनमा ८२ कम्पनी अनुमति पर्खाइमा छन्। उनीहरुले ३४ करोड ५२ लाख ५१ हजार ८३ कित्ता शेयर बिक्री गरेर ४९ अर्ब ८१ करोड ८० लाख ४९ हजार ५९६ रुपैयाँ पुँजी जुटाउने तयारीमा छन्।

वर्ष २०२४ मा दुईवटा कम्पनीको मात्रै आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। सर्वोत्तम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ नेप्सेको सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS