IME Life New

लुम्बिनी विकास बैंकद्धारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रत्ननगर । लुम्बिनी विकास बैंकले रत्ननगर नगरपालिका वडा नं १५ माधवपुर स्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाइ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थालाई खानेपानीको पाईपलाईन विस्तार गर्ने तथा सरसफाई कार्यक्रम संचालन एवं केहि स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

उक्त चेक बैंकका संचालक चिन्तामणी भट्टराईले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष आसिक तामाङलाई एक समारोहका बिच हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुर्दशन घिमिरेको उपस्थिति रहेको थियो ।

हालसम्म बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS