IME Life New

लुम्बिनी विकास बैंकद्धारा काजिमान हरिटीका माविलाई खानेपानी ट्याङ्की हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । लुम्बिनी विकास बैंक लि. ले श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित उक्त विधालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहकाबीच १५०० लि. क्षमता भएको खानेपानी ट्याङ्की हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीले बैंकले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बताए ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS