IME Life New

लुम्बिनी विकास बैंकको नाफा १५ प्रतिशतले बढ्यो, यस्तो देखियो पहिलो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।बैकले अघिल्लो बर्षको तुलनामा १५ दशमलव ४५ प्रतिशतले बढी नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंककोे खुद ब्याज आम्दानी भने २३ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा कायम भएको छ।

Esewa
Crest

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा भने १५ दशमदव ३४ प्रतिशत ले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १३ करोड ८४ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो ।बैंकको हालको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ ।

बैंककोे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS