IME Life New

लिबर्टी इनर्जीको हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद शेयर जारी गर्न कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो यसको अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीका हकप्रद शेयर भर्न योग्य हुनेछन्।

Crest

नेपाल धितोपत्र बोर्डले गत असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS