IME Life New

लाभांश प्रस्ताव गरेका केही “अण्डरभ्यालुड” लघुवित्त कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दोश्रो बजारमा लघुवित्त कम्पनीका शेयरहरु “ओभर भ्यालुड” भन्दै सुनिदै आएको छ।  तथ्यांकलाई हेर्दा सबै लघुवित्त कम्पनीहरु त्यस्ता छैनन्।  मूल्य आम्दानी अनुपातलाई आधार मान्दा केही लघुवित्त कम्पनीहरु वाणिज्य बैंकहरु भन्दा पनि “अण्डर भ्यालुड” छन्।

अहिले आर्थिक वर्ष ७५/७६ को लाभांश प्रस्ताव गर्ने र साधारण सभा गर्ने समय चलिरहेको छ।  अहिलेको अवस्थामा कम्पनीहरु केही “ओभर भ्यालुड” हुनु पर्ने ठाउमा केही लघुवित्त कम्पनीहरु भने लाभांस प्रस्ताव गरेर पनि १३ गुणा भन्दा कम मूल्य आम्दानी अनुपातमा दोश्रो बजारमा कारोवार भएका छन्।

Esewa
Crest

छिमेक लघुवित्त, निर्धन उत्थान लघुवित्त, साना किशान लघुवित्त र स्वावलम्बन लघुवित्तले आर्थिक ७५/७६ को लाभांस प्रस्ताव गरे पनि बुक क्लोज गर्न बाँकी छ।

स्वावलम्बन लघुवित्तको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।  त्यस्तै निर्धन उत्थान लघुवित्त को संचालक समितिको बैठकले २५  प्रतिशत बोनस शेयर र १५ दशमलव ५३ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ भने साना किशान लघुवित्तको संचालक समितिको बैठकले २७ दशमलव २५ प्रतिशत बोनस शेयर र १ दशमलव ४३ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।

छिमेक लघुवित्तले यही मंगसिर ३० गते साधारण सभा गर्दै छ। साधारण सभामा कम्पनीले २७ दशमलव ११ प्रतिशत बोनस शेयर र १७ दशमलव २१ प्रतिशत नगद लाभांसको प्रस्ताव लैजादै छ।  साधारण सभा प्रयोजन लागि कम्पनीले यही मंगसिर १६ गते बुक क्लोज गर्दै छ। मंगसिर १५ गते सम्म कायम शेयरधनीले सो लाभांस प्राप्तगर्नुका साथै साधारण सभामा भाग लिन पाउने छन्।

नोट : कम्पनी छान्दा मूल्य आम्दानी अनुपात १३ गुणा भन्दा कम लगिएको र लाभांस प्रस्ताव गरेर बुक क्लोज हुन् बाँकी कम्पनी लगिएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS