IME Life New

लघु बीमाको बीमाशुल्क भुक्तानी प्रक्रिया सरलीकृत गर्ने बीमक संघका नवनियुक्त अध्यक्ष क्षेत्रीको प्रतिबद्धता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघका नवनियुक्त अध्यक्ष वीरेन्द्र वैदबार क्षेत्रीले लघु बीमाको बीमाशुल्क भुक्तानी प्रक्रिया सरलीकृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल बीमक संघको २२ औँ र २३ औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको थियो। सोही सभाले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

Crest

सभा सम्पन्न भएपछि नवनियुक्त अध्यक्ष क्षेत्रीले आफ्नो १२ बुँदे प्रतिबद्धता जाहेर गरेका छन्। उनले लघुबीमा कम्पनी निर्जीवन बीमाको आधारस्तम्भ भएको हुँदा बीमाबारे सचेतना र पहुँच वृद्धि गर्नुका साथै अनिवार्य रुपमा बीमाबाहेक लघु बीमाको बीमाशुल्क भुक्तानी प्रक्रियालाई सरलीकृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी निवर्तमान अध्यक्ष तथा पदाधिकारीहरुले सुरु गरी प्रक्रियामा रहेका कार्यहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने पनि क्षेत्रीले प्रतिबद्धता गरे। ‘निर्जीवन बीमा क्षेत्रमा मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भहरुमध्ये एक भएको हुँदा यस क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन समयसापेक्ष सुधारका लागि आवश्यक अध्ययन गरी रायसुझावसहित नियामक निकायलाई अनुरोध गर्नेछु’, उनले भने।

नवनियुक्त अध्यक्ष क्षेत्रीले बीमा कम्पनीहरुको सहमतिअनुसार गठन भएका विभिन्न सामूहिक जोखिम कोष (पुल) संयन्त्रहरुको दीर्घकालीन समाधानका लागि पहल गर्ने पनि बताए। निर्जीवन बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको अद्यावधिक र परिष्कृत बनाउन संघले यो क्षेत्रमा योगदान पुर्याएका अनुभवी र विशेषज्ञता हासिल गरेका व्यक्तिहरुको विषयगत प्राविधिक समूहमार्फत अनुसन्धान तथा अन्वेषण गरी सुझाव उपलब्ध गराउने कार्य प्रारम्भ गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरे।

क्षेत्रीले परिवर्तित आर्थिक वातावरण, जलवायु परिवर्तनका कारण सिर्जित जोखिमहरुको सम्बोधन र व्यवस्थापन गर्न मुलुकको भौगोलिकताअनुरुप रिस्क मोडल तर्जुमा गर्न स्वदेशी पुनर्बीमा कम्पनी र नियामक निकायसँग सहकार्य गर्ने बताए। ‘निर्जीवन बीमकहरुलाई आइपर्ने समस्याका सन्दर्भमा सोको समाधानका लागि तथा सरकार एवं नियामकद्वारा निर्माण हुने विभिन्न नीति जस्तै– कर नीति, बीमा नीति, विभिन्न कार्यविधिहरु निर्माणका क्रममा वा निर्माणपश्चात पर्ने असरका बारेमा प्रतिनिधिमूलक संस्थाका रुपमा संघका तर्फबाट प्रतिनिधित्व गर्दै प्रभावकारी आवाज उठाउनेछु’, उनले भने।

जलविद्युत तथा ठूला परियोजनाहरुको पुनर्बीमा गर्न स्वदेशी पुनर्बीमकलाई अनिवार्य गर्नका लागि आवश्यक नीति तर्जुमा गर्न नियामक निकायसँग अनुरोध गर्ने क्षेत्रीले बताए। उनले आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको नियमनसहित एकीकृत स्वास्थ्य बीमा सेवा प्रणालीको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाका लागि नियामक निकायसँग अनुरोधसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

‘प्रत्येक घरबास सुरक्षाको आभाष’ भन्ने नाराका साथ आवासीय तथा व्यावसायिक भवनको बीमा गर्ने वातावरण बनाउन नीतिगत सुधार एवं व्यवस्था गर्न स्थानीय सरकारसँग अनुरोध तथा सहकार्य गर्ने क्षेत्रीको प्रतिबद्धता छ। विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने भएकोले बीमाको दायरामा समाहित गरी बीमा पहुँचको खाडल कम गर्न ‘जलवायु परिवर्तनको छैन सीमा, सुनिश्चित गरौँ समावेशी बीमा’ भन्ने नारालाई व्यवहारमा लागू गर्न क्रियाशील रहने उनले बताए।

नवनियुक्त अध्यक्ष क्षेत्रीले बीमा मध्यस्थकर्ता (सर्भेयर, अभिकर्ता, पुिनर्बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता)को कार्य सम्पादनलाई पारदर्शी गर्ने गराउने बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS