IME Life New

लघुवित्तको भीडमा केही “अन्डरभ्यालूड” लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लघुवित्तहरु निकै महँगो भएको र महँगो मूल्यमा लघुवित्तको शेयरमा लगानीमा जोखिम रहेको कुरा सामाजिक संजाल देखि ब्रोकर कार्यालयसम्म चल्दै आएको कुरा हुन्।  हो! धेरै लघुवित्तको प्रति शेयर आम्दानीको तुलनामा बजारको मूल्य निकै धेरै हुँदा मूल्य आम्दानी अनुपात आकाशिन पुगेको छ। उच्च मूल्य आम्दानी अनुपातमा गरिएको लगानीमा जोखिम जहिले पनि रहेको छ। सामान्यतय बजारको प्रवृत्ति हेर्दा १० गुणा  देखि २० गुणा सम्मको मूल्य आम्दानी अनुपातलाई  राम्रो मानिन्छ।

लघुवित्त कम्पनीहरुबीच पनि केही यस्ता कम्पनी छन् जो वाणिज्य बैंक र विकास बैंक भन्दा पनि “अन्डरभ्यालूड” छन्।  असार १० गतेको बजार मूल्यलाई आधार मान्दा ४ लघुवित्तको मूल्य आम्दानी अनुपात १५ गुणाभन्दा मुनी छ। १५ गुणा भन्दा मुनी मूल्य आम्दानी अनुपात हुनुलाई राम्रो मानिन्छ।

Esewa
Crest

१५ गुणा भन्दा थोरै मूल्य आम्दानी हुनेमा छिमेक लघुवित्त, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त र स्वावलम्बन लघुवित्त रहेका छन्।

नोट : कम्पनीको पूँजी र प्रति शेयर आम्दानी गणना गर्दा  बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पूँजीको आधारमा

आकर्षक प्रति शेयर आम्दानी :
चार लघुवित्तको मूल्य आम्दानी अनुपात मात्र आकर्षक छैन की प्रति शेयर आम्दानी पनि आकर्षक छ। छिमेक लघुवित्तको प्रति शेयर आम्दानी  सबै भन्दा धेरै ७२ रुपैया ६६ पैसा छ।

आकर्षक लाभांश :
यी चार लघुवित्तले प्रत्यक वर्ष आकर्षक लाभांश दिदै आएका छन्। निर्धन उत्थानले विगत ५ वर्षमा १९५ प्रतिशत बोनस शेयर र ७३ प्रतिशत नगद लाभांश सहित सर्वाधिक २६९ प्रतिशत लाभांस दिएको छ। चार वटै लघुवित्तले विगत ५ वर्षमा २०० प्रतिशत भन्दा माथि लाभासश दिएका छन्।

लगानीकर्ताहरुले कम मूल्य आम्दानी अनुपात भएका, निरन्तर आकर्षक लाभांश दिदै आएका र व्यापार व्यवसाय वृद्धि गर्दै गरेका कम्पनीमा लगानी गर्दा लगानीकर्तालाई दीर्घकालीन लाभ पुग्ने देखिन्छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS