IME Life New

लगानी प्रवद्र्धनका सुधारको प्रशंशा गर्दै, वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि अवसर : उपाध्यक्ष चेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लगानी सम्मेलन २०१९ मा सहभागीमा उपस्थित भएका एसियाली विकास बैंकका उपाध्यक्ष चेनले माननीय अर्थमन्त्री डा.युवराज खतिवडासंग शिष्टाचार भेट गरेको छ ।

भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरु बारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकास हालसम्ममा बैंकले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् ।

Esewa
Crest

उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताएका छन् ।
खासगरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको अनुभव व्यक्त गरेका थिए।

छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनमा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्न तयार रहेको धारणाको लागि धन्यवाद दिएका छन् । भेटमा बैंकका नेपाल स्थित आवासिय निर्देशक मुखथेवर कामुदखानेव तथा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल समेत सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS