IME Life New

लगानीको क्षेत्र विस्तार गर्दै निर्जिवन बीमा कम्पनीहरु, कूल लगानी ६० अर्ब ४६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् । बीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरुले लगानी विविधिकरण गर्दै बैंकको मुद्दती बाहेक शेयर, ऋणपत्र, कृषि पूर्वाधार क्षेत्रमा पनि लगानी गरेका छन् । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरुले कूल ६० अर्ब ४६ करोड ३४ लाख ७६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

यसअघि निर्जिवन बीमा कम्पनीहरुले लगानी कोष तथा पुँजि परिचालन बैंकको मुद्दती निक्षेपमा मात्र राख्ने गरेका थिए । आर्थिक बर्ष २०७६/७७ समितिले लगानी निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत लगानी गर्ने बाटो खुल्ला भएको हो ।

Esewa
Crest

समितिको उक्त निर्देशन बमोजिम निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार, म्युचअल फण्ड र नागरिक लगानी कोष क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा ५० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ भने बाँकी अन्य क्षेत्रमा लगानी गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अन्त्यसम्ममा क वर्गका बैंक, ख वर्गको बैंक, ग वर्गका बैंकहरु र नेपाल पूर्वधार बैंकको मुद्धती निक्षेपमा ५० अर्ब ११ करोड रुपैयाँ मुद्दती निक्षेपमा रकम संकलन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले क वर्गका बैंकहरुमार्फत ४२ अर्ब ३९ करोड रुपैयाँ, ख वर्गका बैंकहरुमा ५ अर्ब ९२ करोड रुपैयाँ, ग वर्गका बैंकहरुमा ८५ करोड ३३ लाख रुपैयाँ र नेपाल पूर्वधार बैंकको मुद्धती निक्षेपमा ९४ करोड १६ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गरेका छन् ।

त्यस्तै, मुद्दती निक्षेप बाहेक निर्जिवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, अन्य लगानी, सूचीकृत पब्लिक डिभेन्चरमा धेरै लगानी गरेका छन् ।

त्यस्तै, बैंकहरुको मुद्दती निक्षेप बाहेक निर्जिवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ६३ करोड ३८ लाख रुपैयाँ, क, ख, र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरमा ५ अर्ब ३९ करोड रुपैयाँ र ऋणपत्रमा ३ अर्ब ५८ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा १६ करोड ७८ लाख रुपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा १३ करोड ४४ लाख रुपैयाँ, म्युचअल फण्ड र नागरिक लगानी कोषमा ३३ करोड ९१ लाख रुपैयाँ र अन्य लगानीमा ९ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS