IME Life New

लगानीकर्ताले अर्थमन्त्रीलाई दिए यस्तो सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री खतिवडालाई पुँजीबजारका लगानीकर्ताहरुले अर्थ मन्त्रालयद्वारा गठित समितिले दिएको ५८ बुँदे सुझाव कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका छन् । शेयर बजारमा सकारात्मक सुधार ल्याउन सरकारले कदम चाल्नुपर्ने उनीहरुको सुझाव छ ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औं वार्षिकोत्सव तथा साधारणसभालाई शुभकामना मन्तव्य दिदै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह लगायत लगानीकर्ता संघका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई त्यस्तो बताएका हुन् ।

Esewa
Crest

कार्यक्रममा बोल्दै, सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेलले सरकारले पूँजीबजारमा व्याप्त समस्याहरुलाई समाधान गर्नुपर्ने जोड दिए । उनले भने,“ पुँजी बजारमा आगो लागेको देखिन्छ । आगो लाग्दा बहुमुल्य वस्तुहरु पनि जलेको छ । कमाईको आधारमा लगानी गरेका केही कम्पनीको मूल्यमा पनि ह्रास आएको छ । यसलाई पनि अर्थमन्त्रालयले मध्यनजर गरेर बजार सुधारको प्रयास गर्नेछ भन्ने अपेक्षा राखेको छु ।”

कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जित तुलाधरले शेयर बजारमा सकारात्मक परिवर्तन ल्याउने केही काम गर्न अर्थमन्त्रीसँग आग्रह गरे । ५८ बुँदे सुझाव कार्यान्वयन भएमा शेयर बजारमा केही परिवर्तन आउने उनले बताए ।

शेयर लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकालले शेयर बजारमा सुधार ल्याउन आग्रह गरे । यसलाई प्राकृतिक रुपमा अघि बढ्न दिन र अर्थ मन्त्रालयद्वारा गठित समितिले दिएको ५८ बुँदे माग कार्यान्वयन गर्न सुझाव दिए ।

शेयरबजारलाई खेलौना नबनाउन लगानीकर्तालाई आग्रह

अर्थमन्त्री खतिवडाले शेयरबजारलाई खेलौना नसम्झन लगानीकर्तालाई आग्रह गरेका छन् । उनले भने, “तपाईहरुलाई सेयर बजार उकास्नुपर्ने चिन्ता छ । मलार्ई सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । मैले अलि ठुलो चिन्ता लिएर हिड्नुपर्छ, सोच्नुपर्छ । मेरो एउटा अनुरोध छ, बजारलाई खेलौना नबनाउनुस् । खेलाउन बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीँ आफै जल्ने अवस्था आउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS