IME Life New

लक्ष्मी बैंकले खुल्ला गल्फ प्रतियोगिता गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकले खुल्ला गल्फ प्रतियोगिता गर्ने भएका छ । बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा“लक्ष्मी बैंक खुल्ला गल्फ २०१९”आगामी शनिबार, ९ नोभेम्बर २०१९मा आयोजना गर्न गइरहेको बैंकले जनाएको छ ।

लक्ष्मी बैंकले यो प्रतियोगिता २०१४ देखी गर्दै आएको बार्षिक प्रतियोगिताको छटौं संस्करण हो जुन अहिले नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ ।

Esewa
Crest

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फ्रम्र्याटमा ३र४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ । यसबाहेक, १०औं होलमा होल(इन(वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने जनाएको छ ।

हाल लक्ष्मी बैंकले नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS