IME Life New

रिलायबल लाइफ इन्स्योरेन्स र गण्डकी बिकास बैंक बीच बैंकान्सुरेन्स सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र गण्डकी विकास बैंक बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयां-नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले गण्डकी विकास बैंक मार्फत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै बैंकका ६८ वटै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको जनाएको छ । गत आर्थिक वर्षबाट संचालनमा आएको इन्स्योरेन्सले हालसम्म विभिन्न ११ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

Crest

बैंकान्सुरेन्स सम्झौता मार्फत बीमाको पहुचं बिस्तार गर्ने लक्ष्य सहित अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्तिम सम्म ४२ करोड ७७ लाख पहिलो बीमा शुल्क संकलन गरि नयाँ संचालनमा आएका जिबन बीमा कम्पनीहरु मध्ये तेश्रो प्रतिस्पर्धी कम्पनी बन्न सफल भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स देशका लब्धप्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS