IME Life New

रिलायबल नेपाल लाइफको ३ लाख बढी कित्ता शेयरको लकइन माघ मसान्तबाट सकिँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख बढी कित्ता साधारण शेयरको लकइन अवधि आउँदो माघ मसान्तमा सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोषहरुसँग रहेको ३ लाख ११ हजार १४१ कित्ता शेयरको लइकन अवधि आउँदो माघ मसान्तमा सकिने जानकारी गराएको हो।

Crest

कम्पनीले आफ्नो जारी पुँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको साधारण शेयर निष्कासनका क्रममा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर बाँडफाँड गरेको थियो। नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशनपछि सामूहिक लगानी कोषसँग रहेको ३ लाख ११ हजार १४१ कित्ता शेयर लकइनमा राखिएको थियो।

अब उक्त शेयरको लकइन अवधि माघ मसान्त सकिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS