IME Life New

रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल इन्स्योरेन्सले एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रमम धुलिखेलको होटल सारथीमा सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा र काठमाडौ क्षेत्रका उत्कृष्ट ब्यबसाय गरि छनौट हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गगरेको हो । कार्यक्रममा बनेपा क्षेत्र र काठमान्डौ क्षेत्र अन्तर्गत शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडीआरटी अभिकर्ताहरु गरी १५० जनाको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीको प्रमुख आतिथ्यता तथा चिफ म्यानेजर युवराज शर्मा र प्रकाश धितालको विशेष आतिथ्यता र बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका प्रमुख राज कुमार गिरी र काठमाडौं क्षेत्रका
प्रमुख यम पोख्रेल लगायत शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

Crest

कार्यक्रममा मोटिभेटर तथा लाइफ कोच रमन भट्टराईले बीमा सम्बन्धि उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी , चिफ म्यानेजर युवराज शर्मा र प्रकाश धितालले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी,सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS