IME Life New

रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाको आर्थिक वर्ष २०८०/०८१ को शाखा स्तरीय एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाले शाखा स्तरीय विभिन्न बिधामा उत्कृष्ट हुन सफल भएका ७० जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरेको महेन्द्रनगर शाखाका प्रमुख राजेन्द्र प्रशाद भट्टले बताए ।

महेन्द्रनगर शाखाका प्रमुख राजेन्द्र प्रशाद भट्टको अध्यक्षता तथा रिलायबल नेपाल लाइफका सिनियर म्यानेजर एवं बीमा अनुसन्धान तथा तालिम विभाग प्रमुख युवराज शर्मा प्रमुख अतिथि रहेका थिए ।

Crest

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट, उत्कृष्ट व्यवसाय गर्न सफल सुदूरपश्चिम प्रदेश प्रथम एवं टिम निर्माणमा नेपाल प्रथम नरेन्द्र बहादुर महता र सुदूरपश्चिम् प्रदेशबाटै सन २०२५ का लागि प्रथम एमडीआरटी योग्य भएकी परम्परा भट्ट लगायत रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग आवद्ध बिमा अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन सिनियर एजेन्सी म्यानेजर बल्देब भट्टले गरेका थिए ।सोही दिन कम्पनीको ७ औं वार्षिकोत्सबको अवसरमा वृद्वा आश्रममा खाद्यान्न,लुगा कपडा, मिष्ठान, फलफुल र चप्पल वितरण गरेको शाखा प्रमुख भट्टले बताए ।

उनले भने नजिक आउदै गरेको हरितालिका तिजलाई समेत मध्यनजर गरेर महिला दिदिबहिनीहरुका लागी तिज विशेष कार्यक्रम पनि गरेको बताए । यसैगरी सिनियर एजेन्सी म्यानेजर यज्ञराज पाण्डेयले कार्यक्रमकै दिन टिमबाट राम्रो व्यापार उठाउन सफल भएका छ्न ।

कार्यक्रममा एक सय पचास जना भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS