IME Life New

रिलायन्स लाईफको आईपिओ सबैले नपाउने, छ लाख बढिको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जारी गरेको आईपिओमा आवेदन दिने समय आजबाट बन्द भएको छ । सानिमा क्यापिटलबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार हालसम्म आवेदन दिनेको संख्या छ लाख नाघेको छ ।

कूल ५६ लाख ७० हजार कित्ता शेयरका लागि आवेदन खुल्ला गरेकोमा १० गुणाभन्दा कमले भरेको भए सबैले १० कित्ता अनिवार्य पाउने थिए । तर, सो सीमा नाघेपछि अब सबै आवेदकले शेयर नपाउने भएका छन् ।

Esewa
Crest

मेरो शेयर लगायतका अनलाईनबाट भरेकाहरुको तथ्याङ्क अनुसार हालसम्म छ लाख छ हजार ३३१ जनाले आवेदन दिएको पुष्टि भएको छ । सो तथ्याङ्कमा बैंकमार्फत भरेकाहरुको विवरण प्राप्त नभइसकेकोले अन्तिम विवरण तयार हुन बाँकी छ । अन्तिम विवरण आउँदा अझै थप हुनसक्ने जनाइएको छ ।

हालसम्म दुई करोड ४१ लाख ८७० कित्ता शेयरको लागि आवेदन दिएका छन् । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा माग भन्दा ३२५ प्रतिशत भन्दा बढिको आवेदन परेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS