काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको हिजो पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुलाई कम्पनीको सभाले आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।


















