IME Life New

रिलायन्स लाइफको सिइओको वार्षिक तलब सुविधा ७३ लाख ५४ हजार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा अन्य सुविधा बापत ७३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता तथा सुविधा बापत उक्त रकम दिएको हो ।

उक्त रकम २०७८ पुस १३ गतेसम्म प्रविण रमण पराजुली र माघ १९ गते पछि राकेश पोखरेलले प्राप्त गरेका हुन् । पराजुलीले पहिलो कार्यकाल पुरा गरेर नेपाल लाइफ प्रवेश गरेका थिए । उनि नेपाल लाइफमा डिसिओ हुँदै सिइओ पदमा नियुक्त भएका हुन् ।

Crest

कम्पनीले सञ्चालक समितिका सदश्यहरुलाई बैठक भत्ता बापत ९ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले यहि फागुन १२ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहित मर्जरको विशेष प्रस्ताव पारित गर्दैछ । मर्जर पछि कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ । बराबरी हैसितमा मर्जर हुन गइरहेका दुई कम्पनीले साधारणसभाबाट शेयरधनीहरुबाट अन्तिम स्वीकृति पाउने वित्तीकै मर्जरको थप प्रकृयाँ अगाडी बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS