IME Life New

रिया मनी ट्रान्स्फर मार्फत पठाएको रकम प्राप्त गर्दा १०० रुपैयाा बोनस पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले १०० बोनस पाउने भएका छन् ।
आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई ५० रुपैयाा बोनस दिदै आएकोमा सो बोनस रकम बृद्धि गरि १०० रुपैयाा दिने निर्णय गरेको हो ।

अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन् ।

Crest

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने कम्पनी हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्ट मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS