IME Life New

राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रि गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट विक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको हो । जसमध्ये ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि विक्री गरिनेछ र उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । त्यस्तै, १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गरिने भएको छ ।

Esewa
Crest

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनका लागि विक्री गर्न लागिएको हो ।

उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS